गजल
– अणुबम
नेपाली
रिसाएर गए पनि फर्किएर आएँ
कतै हैन तिमीतिरै सर्किएर आएँ
धरतीको फाँट तिमी म भने बादल
वर्षात्को झरी बनी दर्किएर आएँ
आफ्ना गीत सुनाउँदै गीत माग्नेसित
झर्को बोली गाना गोली तर्किएर आएँ
होली थियो चारैतिर रङ्ग खेल्ने दिन
रङ्गाउन तिमीलाई छर्किएर आएँ
पाउँदा तिमीलाई यस्तो खुसीयालीमा
तिमीसँग
गाएँ नाचेँ मर्किएर आएँ
सम्हाल्नै सकिएन छताछुल्ल भएँ
तिम्रो माया पाउनलाई लर्किएर आएँ
तिमीबाट टाढिएर होश खुल्यो बल्ल
पश्चातापको आगोले चर्किएर आएँ
मेरो मनको मनले दियो चेतावनी
र त तिम्रो शरणमा थर्किएर आएँ
कति आँसु बगाएँ तिम्रो यादमा मैले
दैवलाई थाहा होला धर्किएर आएँ
त्यहाँदेखि यहाँ केके भोगे ‘नेपाली’ले
बाटो रोक्ने पछि परे झर्किएर आएँ
सोनपुर–९, बाँके
गजल
– ‘अथाहसागर’
तीर्थमान
सत्य बक्न छाडिहाले धोका भए मान्छेहरु
पड्काइएको गोलीको खोका भए मान्छेहरु
पवित्रता भन्ने छैन दिनहुँको पाप कर्म
नरकयात्रा स्वागतम्का ढोका भए मान्छेहरु
काँधमा काँध मिलाएर छाडे हिँड्न सबैजना
उपयोगिता सकिएको डोका भए मान्छेहरु
दिनहुँको लडाइँ झगडा सधैंको काटमार
रगतले गनाएको पोका भए मान्छेहरु
विष्णु, राम, कृष्ण, बुद्ध जन्मने
कहिले फेरि
क्षणभङ्गुर पानीका फोका भए मान्छेहरु
मनपाङ, तनहुँ
गजल
– अदिती शर्मा
अनायासै समयले छल्यो शुन्यतामा
निभ्यो दियो आस्थाको घर ढल्यो शुन्यतामा
घोर अन्धकार अन्धाधुन्ध बढ्दै–बढ्दै थियो
अँधेरीलाई च्याती चिराग बल्यो शुन्यतामा
सञ्जीवनी सारेथें अमृतको फल
आई फेरि कस्ले विष दल्यो शुन्यतामा
गन्तव्यको बाटो भुलें छलिएर कता
पाइला अब सुस्तसुस्त चल्यो शुन्यतामा
थाहा छैन कहाँ पुगी टुङ्गिने छ यात्रा
चितामाथि परी देह जल्यो शुन्यतामा
पोखरा
गजल
– अनिल शर्मा सुवेदी
मलाई मन पराउनेले माया टेण्डर हाले हुन्छ
नफुस्किने मायाको जाल अब छिट्टै फाले
हुन्छ
एक्लो जीवन बिताउन तिम्लाई गाह्रो भयो
भने
मलाई पाउन मेरो पछि पाइला आजै चाले हुन्छ
उज्यालोमा जिउन खोज्दा अन्धकार नै छाउँछ
भने
कैल्यै पनि ननिभ्ने त्यो प्यारको दियो
बाले हुन्छ
ऐना हेर्दा आफैसँग तिम्लाई लाज लाग्छ भने
लाजको त्यो दिवारलाई अब तिम्ले ढाले
हुन्छ
माया प्रेमको गहिराइमा अझै डुब्ने इच्छा
भए
एक जोडी ढुकुरलाई अब तिम्ले पाले हुन्छ
चुरापोते सिन्दुर लगाई हात समाई हिंड्ने
भए
ओठ टोकी मेरो सामु मुस्कुराउन थाले हुन्छ
पोखरा–७, मासबार
गजल
– अनुराग अधिकारी
मुटुभित्र लुकाइराख्छु सुटुक्क आउनू है
पिरतीका सुन्दर गजल मसँगै गाउनू है
आँखाभरि एक-अर्कालाई हेरेर
हाँसीहाँसी
मायालु स्पर्श दिन मेरो सहर धाउनू है
आउने बाटोमा मुस्कानका फूल छरिदिऊँला
मेरा यी नयनमा सधैं हजुर छाउनू है
सम्झनाले सताउँदा आकास हेर्दै टोलाउँछु
नीलो त्यो सगरमा जून बनी उदाउनू है
हजुरको नाम जपेर दिन काटी बसेकी छु
अजम्बरी माया केवल मसँग लाउनू है
पोखरा
साभारः गजल उत्सव-१, २०६४
No comments:
Post a Comment