गजल- बाबु त्रिपाठी - gazalutsav

नयाँ सामग्री

Friday, January 8, 2021

गजल- बाबु त्रिपाठी

     गजल

                           – बाबु  त्रिपाठी

त्यो किन रुन्छ कहानी होला

सायद त्यै जिन्दगानी होला


जन्माएर फाल्दिए कसैले 

अहो ! कति खानदानी होला


नभिजाउँदो रै’छ झरीले

भिजेका मनलाई बानी होला


जमिनलाई डसना भन्छ

खुल्ला आकास सिरानी होला


अलपत्र छ अन्धकारमा

पर्खिरहेको बिहानी होला

              साहित्यमार्ग,काठमाडौँ ।

                      गजल उत्सव-१ (२०६४) बाट साभार



No comments:

Post a Comment